पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई जना घाइते


काठमाडौं ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथिबाट आएको पहिराेले एकतले टिनको छानो भएको घर पुरिदा २६ बर्षीय सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुमा बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।