सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित



;efd’v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd’v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् ।

विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो ।

सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्