सरकारी जति राम्रो भयो, त्योभन्दा राम्रो निजीलाई बनाउनुपर्छ


रमेश सिलवाल
हिसान अध्यक्ष

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालको भन्नुहुन्छ ः विद्यार्थीको पढाइको स्तर निर्धारण गर्न प्रवेश परीक्षा लिनुपर्छ। कलेज छनोेट गर्दा अभिभावक र विद्यार्थी दुवैको सरोकार हुनुपर्छ। लहलहैमा विद्यालय छनोट गर्दा भविष्यमा आफूले गलत निर्णय गरेको सावित हुन्छ । गुडविलको आधारमा कलेज छनोट गर्नुपर्छ।
विद्यालय छनोट गर्न अभिभावक र विद्यार्थी सामुदायिक विद्यालयलाई राम्रो गर्नुपर्छ। निजी विद्यालय सञ्चालकले सामुदायिकभन्दा उत्कृष्ट बनाउनुपर्छ। जिरो प्लस टु चलाइरहेका विद्यालयलाई तल्लो तहमा जान दबाब दिनु ठीक होइन। यी र यस्तै विषयमा हिसानका अध्यक्ष रमेश सिलवालसँग गरिएको कुराकानीः

इन्टझान्सको व्यवस्था ठीक छ कि छैन ?

मेची-महाकाली एउटै ढंगले परीक्षा भएको छ भन्ने विश्वसनीय आधार छैन। कुनै ठाउँमा असाध्यै राम्रो भएको होला। कुनै ठाउँमा ठिक्क भएको होला। वास्तवमा जति नम्बर ल्यायो। ग्रेडिङ ल्यायो। त्यो स्तरको विद्यार्थी हो कि होइन भन्ने परीक्षण गर्न पाइयो।
प्रवेश परीक्षा मेची-महाकाली एउटै हुन्छ। पास र फेल भन्दा पनि त्यो विद्यार्थीको पढाइको स्तर कस्तो छ ? के विषय पढ्न योग्य छ ? भन्ने आधार प्रवेश परीक्षा हो। के विषय छनोट गर्ने भन्ने काउन्सिलिङ गर्न सकिन्छ। त्यो विद्यार्थी साइन्समा कमजोरी छ। गणितमा कमजोरी छ। उसलाई विज्ञान पढाउने हो कि।
अंग्रेजीमा कमजोरी छ। त्यसबाट कसरी गर्ने भन्ने थाहा हुन्छ। हामीले विद्यार्थीको ग्रेड हेरेर काउन्सिलिङ पनि गर्छाै र गर्नुपर्छ पनि। उनीहरुको रुचि र चाहना के छ भनेर अध्ययन गर्छौैं। कम योग्यता र क्षमता भए अभिभावकले विज्ञान नपढाउन राम्रो हुन्छ। यो राम्रो रहेछ, यो नराम्रो ल्याउँछ व्यवस्थापन पढाउँदा ठीक हुन्छ। मानविकी पढाउँदा उचित हुन्छ। जहाँ पढाउँदा पनि यो विषयमा पढाउँदा राम्रो हुन्छ भन्ने आधार प्रवेश परीक्षा हो। मेरै कलेजमा पढाउनुपर्छ भन्ने छैन।

विद्यार्थीको प्रपर च्वाइस हो कि होइन भन्ने थाहा हुन्छ। प्रवेश परीक्षामा अब्जेक्टिभ प्रश्नपत्र यो सबैले लिन्छ, हुन्छ। त्यसको १० वा २० नम्बर ल्याउँदैमा साइन्स पढ्न हुँदैन भन्छाैं। ३ महिनापछि साइन्स विषय पढ्न छाडेर अर्को विषयमा जानुभन्दा शुरुमा काउन्सिलिङ गर्नु ठीक हो नि त। यो चिज इन्टझान्स परीक्षाले गर्छ। ल्याकत के रहेछ थाहा पाउन सकिन्छ।

विद्यालय छान्ने अभिभावकले हो कि विद्यार्थीले ?

दुवैले हो, दुवै जिम्मेवार हुनुपर्छ। दुवै जिम्मेवार किन भने स्नातक वा स्नातकोत्तरको कार्यक्रम भएको हो भने विद्यार्थीले छाने हुन्छ। त्यो बेला विद्यार्थी बुझ्ने भइसकेका हुन्छन्। प्लसटुमा मेचुरिटी अलि पुग्दैन। दुवैले छान्नुपर्छ। कारण किन भने कहिलेकाहीं भर्खरका युवाले गरेको निर्णय सही नहुन सक्छ। मेरो छोरा अथवा छोरीले छानेको कलेज ठीक छ कि छैन त भनेर चेक अभिभावकले गर्नेपर्छ।

लहैलहैमा कलेज छान्नु ठीक हो त ?

त्योचाहिँ बेठीक हो। लहलहैमा लागेर कलेज छान्नु गलत हो। विभिन्न हुन सक्छ, विद्यार्थीलाई राम्रो लागेको हुन सक्छ। केमा राम्रो लाग्यो भन्ने कुरा अभिभावकले बुझ्नुप-यो। कतिपय विद्यार्थीको के हुन्छ भने मेरो सँगैकोे साथीले त्यही पढ्यो।

अर्को पाटोमा भन्दा मेरो केटा साथी वा केटी साथी त्यहीं पढ्छ भन्ने आधारमा मात्र छान्न हँुदैन। स्कुलको साथी साथी हो। मेरो कोही साथी त्यहाँ छैनन्, त्यो कलेजमा कोही साथी छैन भनेर भर्ना हुन खोज्दैनन्। त्यसो होइन स्कुलमा भएका साथी प्लस टुमा नहुन सक्छ। प्लस टुमा नभएको कलेजमा नहुन सक्छ। नयाँ कलेजमा गए नयाँ साथी भेट हुन्छ। पछि पनि त साथी पनि बनाउन सकिन्छ नि । रोजगारीमा गए अर्को साथी भेट हुन सक्छ। यी कुरालाई त ध्यान दिनुपड्डयो नि त।

गुणस्तर छान्ने कसरी त ?

पहिलो कुरा के हो भने विद्यार्थीको रुचि, चाहना, योग्यता, क्षमता, दक्षता उसले भविष्यमा राम्रो गर्न सक्ने विषय छान्नुपर्छ। विषय छान्नुअघि सिस्टम छान्नुपर्छ। नेपालमा ५ वटा सिस्टम छ। पहिलो आईबी, ए लेभल, सीबीएसी, आईसीएससी र नेपाल सरकार मातहतको सीटीईभीटी र प्लस टु छ। त्योमध्ये कुन चाहिँ राम्रो हो त पहिला उसले बुझ्नुप-यो। कुन पढ्दाखेरी मेरो हित हुन्छ। दोस्रो पक्ष त्योभित्र पनि कुन छान्ने। के विषय छान्ने भन्ने हो।
पहिला कुन स्टझक्चर छान्ने, कुन सिस्टम छान्ने ? त्यसपछि कुन विषय छान्ने ? त्यो दुईटा पछि मात्र तेस्रोमा कुन कलेज छान्ने भनेर निर्धारण गर्ने हो। विद्यालय छनोट गर्दा पहिलो कुरा त्योे विद्यालय कसले स्थापना गरेको हो।

फाउन्डर को हो, प्रमोटर को हो। उनीहरु एकेडेमिक सेक्टरको हुन् कि नन एकेडेमिक सेक्टरको हुन्। उद्देश्य के हो, भिजन, मिसन र गोल के हो । उसले भविष्यको लक्ष्य कहाँ पु-याउने हो। यी कुरा पहिला हेर्नुपर्छ। त्यसपछि त्यस कलेजको एजुकेसन फ्रेन्डली छ कि छैन। विद्यार्थीलाई कतिको केयरिङ कतिको हुन्छ। त्यो गर्नका लागि सक्षम शिक्षकको सेट छ कि छैन। अर्को टिचिङ लर्निङ पेडागोजी हेर्नुपर्छ। उनीहरुले पढाउने तौरतरिका के छ त्यो हेर्नुपर्छ। होइन भने के हुन्छ भने सबै ठाउँमा पढाउने पाठ्यक्रम एउटै हो।

परीक्षा एउटै सिस्टमले हुने हो। त्यसमा राम्रो र नराम्रो भिन्नता केले गर्छ भने त्यहाँको शिक्षासम्बन्धी वातावरणले गर्छ। त्यहाँका भौतिक संरचना चाहिन्छ नै कक्षाकोठा, ल्याब, पुस्तकालय, खानेपानी, कस्तो छ। शौचालय, क्यान्टिन, होस्टल, यातायातको सुविधा छ कि छैन। यी पक्षलाई पनि छनोटको आधार बनाउनुपर्छ। खेलमैदान, खेलकुदमा कतिको ध्यान दिन्छ। सामाजिक क्रियाकलाप गरेको छ कि छैन त्यो अर्को महत्वपूर्ण विषय हो। त्यसबाहेक हरेक विद्यार्थीमा आ-आफ्नै प्रतिभा हुन्छ। त्यसलाई प्रस्फुटन गर्न, अघि बढाउन कति सहयोग दिन्छ। एउटा एकेडेमिक कोर्ष कोर्षले मागेको कोर्ष, अर्को जीवनमा सिक्नुपर्ने कोर्ष दिन्छ कि दिँदैन। सफ्ट स्किल, लाइफ स्किल कस्तो छ।

यो पक्षलाई पनि ध्यान दिनुपर्छ। अन्तिममा परीक्षाफल हेर्नुपर्छ। कलेजको रिजल्ट कस्तो छ। रिजल्ट राम्रो भएको हुनैपर्छ। संस्थाको इमेज कस्तो छ। ब्रान्डिङ कस्तो छ त्यो अर्को महत्वपूर्ण पाटो हो। त्योभन्दा बाहेक विद्यार्थीले सिकेको शिक्षालाई ज्ञानसँग कतिको जोड्छ। ज्ञानलाई बुद्धि, विवेक र संस्कारसँग कतिको जोड्छ। त्यसलाई सीप र प्रविधिसँग कसरी जोड्छ त्यसलाई ध्यान दिनुपर्छ। सबैभन्दा महत्वपूर्ण विषय त्यहाँबाट निस्केका विद्यार्थी खुसी छन् कि छैनन्, उनीहरुसँग पनि अन्तक्र्रिया गर्नुपर्छ। यति भयो भने कलेज छनोट गर्ने आधार पूरा हुन्छ।

कलेजमा अस्वस्थ प्रतिस्पर्धा अलि बढी छ भन्छन् नि हो ?

अहिले धेरै कम भएको छ। राम्रो विद्यार्थी मकहाँ आउन् भन्ने त्यो स्वभाविक हो। त्यो स्वस्थ्य प्रतिस्पर्धा हो। स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ। एकले भन्दा अर्कोले राम्रो शिक्षा प्रदान ग-यो भने त्यो विद्यार्थी अभिभावक सबैको हितमा हुन्छ।

तर, हाम्रो अस्वस्थतामा के देखिन्छ भने भने विद्यार्थी तान्ने निहुँमा घटाघटको प्रतिस्पर्धामा देखिन्छ। कसले बढी फी घटाउने भनेर ? बरु सेवा दिउँ, सुविधा दिउँ गुणस्तरमा प्रतिस्पर्धा गरौं। तर, शुल्क घटाउने निहँुमा आफू पनि डुब्ने, अरुलाई पनि डुबाउने अवस्था सिर्जना गर्नुहुँदैन। यदाकदा यस्तो छ। तर, यो प्रत्येक वर्ष घट्दै क्रमशः घट्दै गएको छ।

काठमाडौंमा पढ्न आउने विद्यार्थीको संख्या घट्न थालको हो ?

कम भएको हो। यसमा मैले विश्लेषण गर्दा दुईवटा कारण छ। जहाँ-जहाँ राम्रो विद्यालय खुल्यो। त्यहाँबाट काठमाडांै आउने विद्यार्थी कम हुन थालेको छ। उदाहरणका निम्ति विराटनगर, इटहरी, चितवन, कास्की, रुपन्देही जस्ता ठाउँबाट काठमाडाैं आउने दर घटेको छ। त्यसबाहेकका अन्य जिल्लाबाट काठमाडौं आउनेको संख्या राम्रो छ।

जहाँ राम्रो प्लस टुहरु जिल्लामा छन्। ती ठाउँमा त्यहीं पढ्ने टेझेन्ड बढेको छ। यो सकरात्मक पक्ष हो। जहाँ उनीहरुले खोजेको शिक्षा पाएका छैनन् उनीहरु काठमाडौं आएका छन्। शहरबाट पनि काठमाडौं नआएका होइनन्। कारण के रहेछ भने पालिका-पालिका स्तरमा हुने प्रतिस्पर्धा पालिका स्तरमा मात्रै हुँदोरहेछ। अलिकति विकसित ठाउँमा दुई-तीन पालिकासँग प्रतिस्पर्धा हुँदो रहेछ।

सदरमुकाममा अलि ठूलो प्रतिस्पर्धा हुँदो रहेछ। काठमाडाैमा मेची-महाकालीको प्रतिस्पर्धा हुन्छ। भौतिक संरचना, पढाइमा उत्कृष्टता र शिक्षकको टिमवर्कको कारण राम्रो हुन्छ। उनीहरुले प्रि-म्याट, इन्जिनियरिङ, बीसीएको कोर्षपछि पढ्दापढ्दै लिनसक्ने हुनाले काठमाडौंमा आकर्षण छ।

सरकारी विद्यालयको गुणस्तर वृद्धि भएकाले निजीमा विद्यार्थी कम भएको हो ?

त्यो होइन। किन होइन भने यो बजार केले निर्धारण गर्छ भन्दा सरकारी स्कुलमा सस्तो शुल्कमा पढ्न पाइयो भने कोही पनि निजीमा पढ्दैनन्। सरकारी जति राम्रो भयो। निजी त्योभन्दा पनि राम्रो हुनुपर्छ। राम्रो हुनलाई सरकारीले दिएको सुविधाभन्दा बढी सुविधा दिनुपर्छ। नत्र सस्तोमा छोडेर महँगोमा पढ्न किन आउँछन् विद्यार्थी।

यसमा मेरो एउटा मात्र भनाइ छ। पहिलो कुरा सार्वजनिक शिक्षा बलियो हुनुपर्छ। सार्वजनिक शिक्षा बलियो भयो भने र निजी शिक्षा पनि बलियो हुन्छ, प्रतिस्पर्धी हुन्छ। त्योभन्दा राम्रो भएमा सबैलाई राम्रो सेवा-सुविधा दिन्छ। अमेरिका र श्रीलंकामा निजीभन्दा बढी सरकारीमा आकर्षण हुन्छ। कम्युनिस्ट सरकार भएको चीन र भारतमा निजी विद्यालमा बढी आकर्षण छ। यद्यपि अहिले दिल्लीमा सरकारी स्कुलमा सुधार आएकाले त्यहाँ सरकारीमा विद्यार्थीको दर बढेको छ। यहाँ सरकारी र जिनी भन्ने विषय होइन भन्ने सवाल होइन रहेछ कसले राम्रो शिक्षा दियो भन्ने हुन्छ। कसले राम्रो सेवा दियो त्यो ठाउँमा विद्यार्थी र अभिभावकको आकर्षण हुँदोरहेछ।

काठमाडौंमा कलेजको संख्या बढेको छ। मर्ज गर्न सकिँदैन ?

तपाईंको कुरा सही हो। काठमाडाैंको स्टक्चरमा के छ भने जो ठूलो संख्यामा भर्ना गर्ने विद्यालयमा तात्विक रुपमा घटेको छैन। कस्तोमा घट्यो भने मर्छ कि बाँच्छ भन्नेमा विद्यार्थी घट्यो। विद्यार्थी र अभिभाभवले के हेर्छ भने विद्यालयको योजना के छ, कति लामो समयसम्म विद्यालय चल्छ भनेर मूल्याङन गर्छन्।हामीले एउटा कुरा हेर्नुप-यो। सानो र ठूलो भनेर वर्गीकरण गर्दिनँ। गुणस्तर सामान्य हो।

एउटा अति राम्रो, ठीकै मध्यम र मुस्किलले चलेका स्कुल छन्। उत्कृष्टले सर्वोत्कृष्ट बनाउने। मध्यमले उत्कृष्ट बनाउने र जो मर्छ कि बाँच्छ भन्ने कलेज छ। उनीहरुले आन्तरिक मूल्याङन गर्नुप-यो अब विद्यालय चलाउन सक्दैनौं मर्जमा जानुपर्छ। यसका लागि राज्यले पनि सुविधा दिनुपर्छ। संख्या बढाएर गुणस्तर आउँदैन संख्या घटाएर गुणस्तर आउँछ। जति ठूला स्कुल कलेज हुन्छ त्यति नै शिक्षाको गुणस्तर बढ्छ। यो पक्षलाई विचार गर्नुपर्छ।

नेपालमा पढेका विद्यार्थी नेपालमै बसोस् जस्तो लाग्दैन। त्यस्तो केही योजना बनाएका छौं ?

यहाँसम्म कि नेपालबाट विदेश गएका विद्यार्थीले वास्तवमा पढ्न गएको छैन। यो मेरो कुनै आरोप होइन। ठ्याक्कै डाटा छैन। मेलै हेर्दा ६० प्रतिशतले कोर्ष नै पूरा गर्दैनन्। ८० देखि ९० प्रतिशत विद्यार्थी विदेशमै सेटल हुन्छन्, उनीहरु पीआर र नागरिकता लिन गएका छन्। कति पढ्न गयो, कतिले कोर्ष पूरा गरे, कति फर्केर आए भन्ने तथ्याङ छैन।

सरकारको यो मामलामा नालायकी काम गरिरहेको छ। खाडीमा वा कही काम गर्न जानेको रजिस्टझेसन हुन्छ फर्केर आएको तथ्याङ हुन्छ। पढ्न गएको रजिस्टेसन हुनु पर्दैन? डाटा हुनु पर्दैन? हामीसँग केही छैन। यसले गर्दा पुँजी पलायन भयो। १ लाख १५ हजार त १५ दिनअघि कै संख्या छ।
यसले नेपालको ३ देखि ४ खर्ब विदेश गएको मात्र छैन, यसले देशको अर्थतन्त्र डमाडोल भइरहेको छ। अर्थतन्त्र संकट भइरहेका बेलामा नेपालको भन्दा राम्रो विश्वविद्यालय भए पढ्न गए हुन्छ। तर, अहिले पढ्न जानुभन्दा पनि हामीले जनतालाई बाहिर पठाइरहेका छौं। अभिभावक र विद्यार्थीले सामाजिक प्रतिष्ठा सम्झेका छन्बाहिर जानुलाई।

मेरो छोरा यहाँ गयो, त्यहाँ गयो भनेर मख्ख भए। यो गलत परम्परा भयो। राजनीतिक पार्टी र भातृ संगठनलाई दोष दिन्छु। सरकारले नेपालमै पढ, नेपालको शिक्षा राम्रो छ भन्ने वातावरण बनेन। उनीहरुले नेपालको शिक्षाको प्रचार गरेनन्। उनीहरुले विद्यार्थी र बनेर पढाउ भन्ने वातावरण बनेन। उनीहरुले विद्यार्थी र अभिभावकलाई नेपालमा भविष्य सुन्दर छ तपाईको खाँचो छ भनेनन्। विदेशमा पढ्दै कमाउँदै गर्न पाउँछन्। नेपालले त्यो व्यवस्था गरेको छैन। त्यसले गर्दा शिक्षित विद्यार्थी बिदेसिएका छन्।

प्रतिशतले लयले हामीले विद्यालय र विश्वविद्यालय शिक्षालाई हामीले प्रोमोसन गर्न खोजेका छौं। हाम्रो नारा नै उत्कृष्ट शिक्षा नेपालमै छ। हामी कहाँ चुक्यौं त भनेर विश्लेषण र चिन्ता गर्नुपर्ने हो, भएको छैन। शिक्षा मन्त्रालयले विश्वविद्यालय चिन्तित छैनन्। कागज र मुखमा भन्नुहुन्छ। कागजमा र मुखमा त भन्नुहुन्छ।

तर, व्यवहारमा र कार्यान्वयनमा हाम्रो शिक्षालाई कसरी आकर्षित बनाउन सकिन्छ भनेर गृहकार्य गर्न सकेका छैनन्। योजना पनि छैन। व्यवहारमा लागू गरेको पाइँदैन। एउटा यहाँ चुक्यौं। दोस्रो कुरा के हो भने हाम्रो विश्वविद्यालय र सरकारले शिक्षामा मार्केटिङ नै गर्दैन। मार्केटिङ भनेको विज्ञापन गर्नु होइन। सही सूचना सही समयमा विद्यार्थी र अभिभावकलाई दिन सकेको छैन। प्रचार गर्न सकेको छैन। हामीले यो कुरा बारम्बार आग्रह गर्दा पनि कार्यान्वयन गरेको छैन।

यो विषयमा कुरा गर्दा काठमाडौं विश्वविद्यालयका उपकुलपतिले भन्दा खुसी लाग्यो। अहिले यो विषय केयूले लागू गर्न शुरु गरेको छ। केयूले चार ठाउँमा मार्केटिङ शुरु गरेका छ। केयूले के-के प्रोडक्ट छ। के-केमा शिक्षादीक्षा दिन्छौं। आंगिक र सम्बन्धन प्राप्त कलेज छन्। के-के पढाइ हुन्छ, यो विषयमा पढाइ हुन्छ भनेर विज्ञापन शुरु गरेको छ।

यो विषय विद्यार्थी र अभिभावकमा पुग्छ। यो विषयलाई क्याम्ब्रिज, अक्सफोर्ड हार्वड विश्वविद्यालयले मार्केटिङ गरेको छ। ए लेभल केबाट सम्बन्धन प्राप्त हो। त्यसले मार्केटिङ नगरेको हो। त्योचाहिँ विश्वभर पुग्छ। हाम्रो विश्वविद्यालयले पढाइको स्तर, विषय विद्यार्थी संस्था सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पस संख्या, खर्च लगायत हालसम्मको अवस्था बारेमा प्रचार गर्न सक्दैन ? हाम्रो विश्वविद्यालय राम्रो छ।

हाम्रो क्यालन्डर छैन। कुनै विश्वविद्यालयले क्यालेन्डर बनाएको छैन, विद्यार्थी र शिक्षकलाई दोष दिन चहन्नाैं। तोकेको समयमा सबै काम क्यालेन्डरअनुसार गर्नुपर्छ। त्यसका लागि विश्वविद्यालयलाई बन्द-हड्तालमुक्त शान्तिक्षेत्र बनाउनुपर्छ। त्यो भएन भने परिणाम आउँदैन। विश्वविद्यालयको पदाधिकारी लगायत उच्च अधिकारीले चारवर्षे जागिर पकाउनुहुँदैन। सीबीमा चारवर्षे जागिर खाएकालाई सफलता प्राप्त गरेको मान्नु हँुदैन। इतिहासमा नाम लेखाउन सक्नुर्छ। इतिहास रच्ने काम गर्नुपर्छ। अधिकांशले चासो देखाएर काम गरेका छैनन्। कलेजले पनि विज्ञापन गरेको छ।

जिरो प्लस टुलाई के गर्ने ? बन्द गर्ने कि ९-१२ मा लैजाने ?

अहिले जिरो प्लस टु सञ्चालन भएका विद्यालयको संख्या १ सय ५३ छ। १ सय २३ क्याम्पसमा पनि जिरो प्लस टु चलेको छ। निजी करिब ९ सय गरी १ हजार २ सय छन्। जम्मा २ सय ७५ वटा जिरो प्लस टु चलेको छ। मेरो विचारमा जिरो प्लस टुलाई ९ मा लैजानुपर्दैन। अहिले आधारभूत माध्यमिक र विश्वविद्यालय शिक्षा अथवा उच्च शिक्षा छ।

१० सम्मको शिक्षा र ११-१२ को शिक्षा फरक छ। १० कक्षासम्मको आधारभूत शिक्षालाई माध्यमिकसँग जोड्छ। ११ र १२ को शिक्षालाई प्रि-युनिभर्सिटीसँग जोड्छ। त्यस कारण ११ र १२ शिक्षा फरक छ। गुणस्तर र पास प्रतिशत हेर्ने हो भने जिरो प्लस टुले उत्कृष्ट राम्रो परिणाम ल्याएको अवस्थामा जसको जे विज्ञता छ त्यही प्रयोग दिनुपर्छ। त्यसो भए फड्को मार्छ। कसैले ९-१२ लिन चाहन्छ भने जान दिऔं।