माध्यमिक शिक्षा परीक्षाको परिणाम आएपछि यतिखेर विद्यार्थी र अभिभावकमा नयाँ ऊर्जा र चञ्चलता छाएको छ। अहिले कलेज सञ्चालक कक्षा ११ मा नयाँ विद्यार्थी भित्र्याउन व्यस्त छन्। कोही विज्ञापन गरेर त कोहीले विद्यालय भ्रमण गराएर र काउन्सिलिङ विधिको प्रयोग गरेर विद्यार्थी तान्न हानथाप बढेको छ।
विद्यार्थी र अभिभावक जीपीएको आधारमा भर्ना हुन विद्यालय खोज्न भौंतारिरहेका छन्। सबै विद्यालयले बिहीबारबाटै प्रवेश परीक्षाको लागि सूचना जारी गरेको छ।कतिपय विद्यालयले छात्रवृत्ति दिने लोभ देखाउँदै विज्ञापन प्रकाशित गर्न थालेका छन्। परीक्षा सकिएलगत्तै अधिकांंश विद्यार्थीले आफू पढ्ने कलेज छनोट गरिसकेका छन्। राजधानीका करिब दुई दर्जन ठूला कलेजले लगभग फाराम वितरण पूरा गरिसकेका छन्। बुधबार परीक्षाफल प्रकाशित भएपछि फाराम भरेका विद्यार्थीलाई कलेजमा बोलाएर प्रवेश परीक्षा लिएर भर्ना शुरु गर्न थालेका छन्।
हिसानका अध्यक्ष रमेश सिलवालले इन्टझान्स परीक्षाले विद्यार्थीको ल्याकत मापन गर्न सहज हुने भएकोले प्रवेश परीक्षा अनिवार्यजस्तै रहेको बताउनुहन्छ। उहाँ भन्नुहन्छ- विद्यार्थीलाई विज्ञान विषय पढ्ने कि व्यवस्थापन, मानविकी पढ्ने कि कानुन, कुन विषयमा भर्ना हुने, यी र यस्ता विषयको बारेमा जानकारी दिन प्रवेश परीक्षा आवश्यक रहेको छ।
केही विद्यार्थी कहाँ र कुन विषय लिएर पढ्ने भन्दै विद्यालय चहार्दै हिँड्न थालेका छन्। कतिपयले त आकर्षक विज्ञापन प्रसारण र प्रकाशन गरेर विद्यार्थी तान्न खोजेको पाइन्छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको अवस्थामा विद्यार्थी उच्च शिक्षाको गन्तव्य खोज्दै हिँडेका छन्।
विशेषगरी, उपत्यकालगायत पोखरा, विराटनगर, इटहरी, चितवन, बुटवल दाङ, नेपालगञ्ज हेटौंडालगायत मुलुकको सहरी क्षेत्रका प्लस-टू सञ्चालन गर्ने विद्यालयले जिल्लामै उत्कृष्ट विद्यालय बनाउन होडबाजी गरिरहेका छन्। ती विद्यालयमा अध्ययन गर्न आग्रह गर्दै भर्ना शुरु गरिरहेका छन्। ४ जीपीए ल्याएका उत्कृष्ट विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न होडबाजी गरिरहेका छन्। सायद, अबको केही वर्षभित्र यस्तो प्रतिस्पर्धात्मक बजार हट्न सक्ने भएकोले होला, यो वर्ष बढीभन्दा बढी विद्यार्थीलाई आफ्नो विद्यालयमा ल्याउन निजी विद्यालय सञ्चालक लागिपरेका छन्।
कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा तय गरिसकेपछि अब कक्षा ११२ एउटै विद्यालयमा अध्ययन हुने भएपछि ११ र १२ मात्र सञ्चालन गरेका विद्यालयमा विद्यालयको चाप घट्न सक्छ। कक्षा ११ र १२ मात्र सञ्चालन गर्दै आइरहेका विद्यालयले कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन्।त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो खुल्छ। त्यसो त जिरो प्लस टु सञ्चालन गरिरहेका १ सय ५३ विद्यालयको अवस्था कस्तो हुन्छ त भन्ने प्रश्नमा हिसानका अध्यक्ष सिलवालले भन्नुभयो-केही फकर पर्दैन, कक्षा ११ र १२ लाई उच्च शिक्षाको खुट्किलो नामकरण गरेका कारण जस्तो हालतमा छन् त्यही अवस्थामा सञ्चालन हुन्छन् ।
११ र १२ सञ्चालन गरेका विद्यालयले अहिले बढीभन्दा बढी भर्ना लिएर कमाउने समय हो। निजी विद्यालय सञ्चालकहरु विद्यालयमा विद्यार्थीलाई काउन्सिलिध्र गर्न थालेका छन्। केही प्लस टुका प्रिन्सिपल ठूला सहरमा विद्यार्थी तान्न हिँडेका छन्। कोहीले सहरमा गएर परामर्श शुरु गरिरहेका छन्।
हिसानका महासचिव लोकबहादुर भण्डारी विद्यालयको विगतको पढाइको आधारमा विद्यालय छनोट गर्नुपर्ने बताउनुहुन्छ। उहा∫को भनाइ छ+ विद्यालयको विगत हेरेर मात्र भर्ना हुने विषयमा सोच्नुस्।
जुन विद्यालयले उत्कृष्ट शिक्षा दिँदै आएका छन् त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ-नामभन्दा पनि विगतको लगावलाई ध्यान दिएर भर्ना हुन उचित हुन्छ।ु विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत कुन संकाय पढ्ने मात्र होइन संकायभित्र पनि कुन कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने तह हो उच्च मावि अर्थात् प्लस टू तह । कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनोट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टीआर ढकाल भन्नुहन्छ – कस्तो विद्यालय छनोट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दा पनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ।
ठूलो भवन, बढी शुल्क लिने विद्यालय छनोट गर्ने परम्पराभन्दा पनि उसको विगत र इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ। कस्तो विषय लिँदा भविष्यमा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनोट गर्नुपर्ने उहाँको धारणा छ। कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातक तहमा थुप्रै विषयहरु छनोट गर्न पाइन्छ। तर, उच्च माध्यमिक तहमा मानविकी विषय लिएकोले स्नातक तहमा विज्ञान विषय लिन पाइँदैन। त्यसैले स्नातक तहमा धेरै संकायले खासखास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकोले कक्षा ११ मा भर्ना हुँदा आफूले उच्च माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले लहैलहैमा विद्यालय छनोट गर्ने कि, आमाबुबाको इच्छा अनुसार छनोट गर्ने भन्ने विषयमा अभिभावक र विद्यार्थीबीच द्वन्द्व हुने गरेको बताउनुहन्छ। उहाँ भन्नुहुन्छ- अभिभावकको सल्लाह लिनु, आफूले अध्ययन गरेका विद्यालयको शिक्षकसँग सल्लाह लिएर मात्रै विद्यालय छनोट गर्नु आवश्यक छ। सकभर विद्यालय छनोट गर्दा विद्यालयको विगतको अध्ययन गर्नु वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनुपर्छ।
प्रभावकारी शिक्षा प्रणाली भएका देशहरुका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनोटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ। नेपालमै पनि केही राम्रा निजी विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिने गरेका छन्। तर, अधिकांश माविहरुले आफ्ना छोराछोरीको चाहनाअनुसार भर्ना गरेको पाइन्छ। क्षणिक रुपमा त्यो ठीक भए पनि कालान्तरमा असर पर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महङ्कवपूर्ण हुन्छ। स्नातक तहमा कुनै विषयमा विशिष्टीकरण (स्पेसलाइजेसन) गर्नुपर्ने भएकाले प्लस टुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु-याउनु जरुरी छ। विद्यालय तहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्यबाहेक इच्छाधीनका रुपमा तीनवटा विषय छनोट गर्न पाइन्छ।
छनोट गर्ने विषय
विज्ञान
डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन्। कृषि, वन विज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ। स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन्। विज्ञान विषय पढ्ने विद्यार्थीले सजिलै रोजगारीको अवसर पाउने भएकोले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ। सरकारीभन्दा निजी उच्च माविप्रति विज्ञान विषय पढ्नेको संख्या बढेको परिषद्का प्रवक्ता नारायण कोइरालाले बताउनुभयो।
विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्टझी, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नैपर्छ। विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकोले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउँछन्। यी त भए विद्यार्थीले पढ्ने विषयहरु तर, कुन विषयमा कतिको डिमान्ड छ भन्ने कुरा विद्यार्थी स्वयंले मूल्याध्र्कन गर्नुपर्छ।
व्यवस्थापन
हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लथालिंग भएका हुन्छन्। व्यवस्थापकीय कमजोरीका कारणले गर्दा उद्योगधन्दा धराशायी बन्दै गएको छ। व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन। त्यसैले, अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। परिषद्ले सञ्चालन गरेको विषयमध्ये शिक्षापछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ। एसईईपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन्।
बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आशमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उच्च मावि र कलेज प्रायः सबै सरकारी र निजी उमाविले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन्। व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्सको कोअपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास, बुम र ओएमएसपी हटाएर बिजिनेस म्यानेजमेन्ट समावेश गरी पाठÈक्रम तयार गरेको छ।
मानविकी
दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्नसकिने मानविकी झन्डै चार दर्जन विषय रहेका छन्। गृहविज्ञान, समाज शास्त्र, आमसञ्चार, इतिहास, धर्म संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेश गरिएको मानविकीअन्तर्गत अंग्रेजी, फ्रेन्च, उर्दू, जर्मन, जापानी, हिन्दीजस्ता विषयसमेत समावेश गरिएको छ।
शिक्षा
विशेषगरी, शिक्षण पेसासँग सम्बन्धित शिक्षाअन्तर्गत इच्छाधीन र अनिवार्य गरी १ हजार पूर्णांक परीक्षा दिनुपर्छ, इच्छाधीन ४५ वटा विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधीनमध्ये एक विषय छनोट गर्नुपर्छ।
कमजोर नतिजा
विगत पाँच वर्षको तुलनामा परीक्षाको स्तर खस्किएको छ। ९ हजार ६ सय ३३ विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् । यो १ दशमलव ९४ प्रतिशत हो। ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ अर्थात् ८ दशमलव ४० प्रतिशत छ। २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउने विद्यार्थीको संख्या ६९ हजार ९ सय अर्थात् १४ दशमलव १० छ।
त्यसैगरी, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५ सय ५८ अर्थात् १८ दशमलव ३१ प्रतिशत, २ देखि २ दशमलव ४ जीपीए ल्याउने १ लाख १२ हजार ७ सय ३३ अर्थात् २२ दशमलव ७४ प्रतिशत, १ दशमलव ६ देखि २ जीपीए ल्याउने १ लाख ५ सय ९४ अर्थात् २० दशमलव २९ प्रतिशत, १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउने ४४ हजार ५ सय ८६ अर्थात् ८ दशमलव ९९ प्रतिशत र शून्य दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउने ३ हजार २ सय ८० अर्थात् शून्य दशमलव ६६ प्रतिशत रहेका छन्।
यो वर्ष २ देखि २ दशमलव ४ जीपीए अंक ल्याउने विद्यार्थीको संख्या अधिक छ। यसले के देखाउँछ भने यो वर्ष विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या घट्न सक्छ।
व्यवस्थापन, मानविकी र कानुन विषयमा पढ्ने विद्यार्थी धेरै हुने आँकलन गरिएको छ। प्याब्सनका उपाध्यक्ष एवं एम्स स्कुलका प्राचार्य टीआर ढकालले गत वर्षको तुलनामा उच्च जीपीए ल्याउनेको संख्या न्यून रहेको बताउनुभयो। भन्नुभयो- कोभिडले गर्दा लगातार दुई वर्षसम्म बोर्डले परीक्षा नलिएको परिणाम हो यो।परीक्षामा शून्य दशमलव ८ देखि १ दशमलव २ सम्म ल्याउने विद्यार्थीको संख्या सबैभन्दा कम छ।
कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा वर्गीकरण गरिएको जानकारी दिँदै परीक्षाफललाई ग्रेड प्वाइन्टुको आधारमा तथा थप एउटा वर्गमा आंशिक अनुपस्थित वा पूरै अनुपस्थित वर्गमा राखिएको बताउनुभयो। उहाँले भन्नुभयो- वर्गअनुसार बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा आफूले तय गरेको विषयमा अध्ययन गर्न पाउनेछन्।यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी भएका थिए। जसमध्ये २२ हजार ६ सय ४० विद्यार्थी अनुपस्थित भएको तथ्यांक सार्वजनिक गरिएको थियो।
भर्नाको आधार
साधारण शिक्षा
१. कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड पोइन्ट (जीपीए) १.६ प्राप्त गरी कक्षा १० मा पढेका अंग्रेजी गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने,
२. कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषयबाहेक अन्य विषय अध्ययन गर्न न्युनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेको हुनुपर्ने,
३. राष्टिझय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७७ साउन २८ गतेको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्रले असोज २ गते सार्वजनिक गरेको कक्षा ११ को भर्नाका आधारसम्बन्धी सूचनामा भर्नाको आधार तय गरेको थियो। यो वर्ष सोहीअनुसार आधार तयार गरिएको हो।
खर्च कति ?
विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो। खर्च शिक्षा शास्त्र र मानविकी र कानुनलगायतका विषय अध्ययनमा कम खर्च लाग्छ। विज्ञान विषय छनोट गर्दा प्रयोगात्मक परीक्षालाई बढी जोड दिएको कारण तुलनात्मक रुपमा महँगो हुनु स्वाभाविक हो। विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ। हुन त छात्रवृत्तिको व्यवस्था पनि छ। त्यसले गर्दा आर्थिकरुपमा विपन्न विद्यार्थीले छात्रवृत्ति पाएर विज्ञान वा प्राविधिक विषय अध्ययन गर्न पाइरहेका पनि छन्। सरकारले सबै विद्यालयलाई अनिवार्यरुपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। उक्त कोटामा पर्न तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
जेहेन्दार विद्यार्थीले छात्रवृत्तिमा पढ्दा उत्कृष्ट नतिजा ल्याएका थुप्रै उदाहरण छन्। तर, छात्रवृत्तिको नाममा विज्ञान विषय पढ्ने अनि पछि विषय परिवर्तन गर्ने बानीले पढाइमा असर गर्नसक्छ। तसर्थ, महँगो र सस्तो खर्चको हिसाबकिताब गर्नुभन्दा आफूले चाहना राखेको र बाबुआमाको कमाइलाई आधार मानेर विषय छनोट गर्नु उचित हुन्छ।
निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ। सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ। उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा १ लाखदेखि २ लाख रुपियाँसम्म (दुई वर्षको) खर्च लाग्छ भने सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ भए पुग्छ। व्यवस्थापन विषयमा अध्ययन गर्दा निजी विद्यालयमा सरदर ६० हजारदेखि एक लाख २० हजार रुपियाँसम्म, मानविकी विषयका लागि ५० हजारदेखि ९० हजार रुपियाँसम्म र शिक्षा शास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म खर्च लाग्छ। जबकि, सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुई वर्षका लागि सरदर ३० हजार रुपियाँले पुग्छ।
प्रतिक्रिया