थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौँ।

देशभर थप ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९२ जना र १ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४६ जनामा गरी जम्मा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार ६०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्