मौसम पूर्वानुमान : चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावका कारण बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका अधिकांश स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना उक्त महाशाखाले बताएको छ । राती प्रदेश १ र मधेश प्रदेशका धोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमार्फत अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्