पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौं ।

देशभर थप ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा गरि जम्मा ५७७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार १७१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४३ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३५६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६४ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्