इन्जाको पाँचौँ वार्षिकोत्सव ‘इन्जा डे’ भोलि, काठमाडौंमा विशेष कार्यक्रम हुने

0
Shares

कठमाडौं । नेपाल पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौँ वार्षिकोत्सव ‘इञ्जा डे’को अवसरमा विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम भोलि (शनिबार) बिहान ११ बजे काठमाडौंमा हुने भएको हो ।

‘इञ्जा डे’को अवसरमा इञ्जा खोजी, ग्रामीण र बौद्धिक पत्रकारिता पुरस्कार वितरण गरिने भएको छ । त्यस्तै वरिष्ठ पत्रकारहरूको सम्मान कार्यक्रम पनि रहेको इञ्जाले जनाएको छ ।

कठमाडौंको होटल हार्दिकमा इञ्जाको विशेष कार्यक्रम हुने भएकाले पत्रकारहरूलाई उपस्थितिका लागि अपिल गरिएको अध्यक्ष टंक पन्तले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम हुने पन्तले बताए ।