वास्तविक नाता कोसँग हुनुपर्छ !

0
Shares

कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौँ, आफूले आफूलाई हेर्छौँ, आफ्नो परिवारलाई हेर्छौँ । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने हो भने सूर्यलाई पनि देख्न सकिन्छ, चन्द्रमालाई पनि देख्न सकिन्छ । के ती चीजलाई देखेर के हामीभित्र कुनै यस्तो प्रेरणा जागृत हुन्छ त– ‘ती कसरी सञ्चालित भएका होलान् ?’

जसरी आमाबुबाले आफ्ना सन्तानलाई पहिचान गर्नुहुन्छ । उनीहरूमा त्यस्तो कुनचाहिँ चीज छ जसले गर्दा तपाईँ ‘यो मेरो सन्तान हो’ भनेर चिन्नुहुन्छ । दुईवटा आँखा, एउटा नाक, मुख सबैको छ, आँखा पनि त सबैको छ नै, तर यस्तो खास चीजचाहिँ के छ ? यदि त्यस बालकले आफ्नो अनुहारमा कुनै माक्स नै किन नलगाओस् तर उसको आवाजबाट पनि उसलाई चिन्छन् ।

कुरा के हो भने, जुन सारा चीजहरूको संयोजन छ– ‘आँखा, नाक, मुख, आवाज, मानिसको गन्ध, कपाल’, यी सबै चीजलाई हेरेर आमा या बुबाले आफ्नो सन्तानलाई पहिचान गर्दछन् । अनि, यसको ठीक विपरीत जुन बच्चामा यी चीजहरू भेट्टाउँदैनन्– हजारौँ हजार बच्चालाई हेरिरहँदा पनि आफ्नो बच्चालाई पहिचान गर्न सक्दैनन् । किनकि, त्यतिखेरसम्म आफ्नो बच्चालाई चिन्ने दृष्टिकोण नै आएको हुँदैन । अनि, जबसम्म त्यो दृष्टिकोण हुँदैन तबसम्म आफ्नो बालकलाई पहिचान गर्न सकिँदैन ।

जब माया बस्छ या प्रेम हुन्छ तब मानिसहरूलाई के लाग्छ भने, यो सधैँभरि रहनेछ । तथापि, प्रेम सधैँ रहिरहँदैन, बदलिरहन्छ । यसको अर्थ तपाईँले त्यस प्रेमको कदर नै गर्नुहुन्न भन्ने पनि होइन । कदर त गर्नुहुन्छ तर तपाईँले सोच्नुभएको त्यो प्रेमचाहिँ सधैँभरि रहँदैन । यी सबै कुरा बदलिरहनेछन्, किनभने हामीले त्यस कुरालाई यथार्थमा पहिचान गर्न सकिरहेका हुँदैनौँ ।

धेरै समयपहिलाको कुरा हो । एकजना सन्त थिए । उनले आफ्नी श्रीमतीलाई असाध्यै प्रेम गर्थे । एकदिन उनलाई ससुराली जानुपर्ने काम परेको थियो । बाटामा एउटा नदीलाई पार गरेर जानुपथ्र्यो । अँध्यारो भइसकेको थियो । उनी आफ्नी श्रीमतीलाई भेट्न भनेर जान लागेका थिए । नदीपारि जानका लागि उनले अरू कुनै पनि चीज फेला पार्न सकेनन् । उनले त्यहाँ एउटा डुङ्गा देखे । उनी डुङ्गामा बसेर नदीपारि गए । उनी घरनजिकै पुगेपछि उनलाई लाग्यो, अब यहाँभन्दा माथि कसरी चढूँ ! उनी एकैचोटि घरभित्र पस्न चाहँदैनथे । किनकि उनको चाहना के थियो भने, आफू सुटुक्क जान सकूँ । उनले एउटा रुखमा डोरी बाँधेको देखे । उनी त्यस रुखमा चढेर डोरीको सहायताले एकचौटि घरको माथिको तल्लामा पुगे । जब श्रीमतीको कोठामा पुगे तब श्रीमतीले भनिन्– ‘यहाँ के गरिरहनुभएको छ ?’

उनले भने, ‘तिमीले नै त त्यहाँ मैले नदी पार गर्न सकूँ भनेर डुङ्गा राखेकी थियौ । अनि, तिमीले नै त्यो रुखमा डोरी बाँधेर राखेकी थियौ, किनकि तिमी म आउन सकूँ भन्ने चाहन्थ्यौ । अनि फेरि, तिमी यहाँ के गरिरहेको भनेर पो भनिरहकी छ्यौ त !’
पत्नीले भनिन्, ‘मैले त कुनै डोरी बाँधेकी छैन ।’
उनले भने, ‘हिँड, म देखाउँछु ।’

जब हेर्न गए, त्यो त डोरी नभएर सर्प पो रहेछ । त्यसपछि नदी किनारामा जाँदा त्यहाँ पनि डुङ्गा नभएर मुर्दा पो रहेछ । यति देखिसकेपछि उनकी श्रीमतीले उनलाई भनिन्, ‘तपाईँले मलाई जति प्रेम गर्नुभएको छ यदि तपाईँले आफ्ना सृष्टिकर्तालाई यसरी प्रेम गर्नुभएको भए त कमसे कम तपाईँको जीवन त बदलिने थियो ।’ उनलाई यो कुरा निकै घत प¥यो । त्यसपछि उनले आफ्नो पूरै जीवनलाई भक्तिमा समर्पण गरिदिए ।

बुझ्नुपर्ने कुरा हो । मैले तपाईँलाई वैरागी हुनुहोस् भनेको होइन । तथापि, एउटा प्रेम त्यस अनन्त चीज, ती सृष्टिकर्तासँग पनि गर्नु आवश्यक छ । उनी थिए, छन् र सदैव रहनेछन् । मानिसहरू भन्ने गर्छन्, ‘कहाँ छन् अनन्त ?’ यदि तपाईँ तिनलाई देख्न चाहनुहुन्छ, तिनलाई बुझ्न चाहनुहुन्छ भने त्यसका लागि तपाईँले आफ्नो आँखा खोल्नुपर्छ । आफ्नो हृदयलाई खोल्नुपर्छ र बुझ्नुपर्छ । आफ्नो दृष्टिकोणलाई बदल्नुपछ । त्यसपश्चात् तिनलाई देख्न सकिन्छ । यद्यपि उनलाई यी आँखाले देखिएकै जसरी भने देख्न सकिँदैन । भित्रको आँखाद्वारा त्यो भावनालाई बोध गर्न सकिन्छ, ती अनन्तलाई देख्न सकिन्छ । किनभने, उनलाई नदेखीकन, उनलाई नचिनीकन तपाईँले मैले भनिरहेको कुरालाई बुझ्न सक्नुहुन्न ।

आज सारा समाज सेल्फी फोटो खिच्न व्यस्त भएको छ अनि कतिपय मानिसले त सेल्फी फोटो लिने क्रममा नै मृत्युवरण गर्नुपर्ने बाध्यता भइदिन्छ । यद्यपि, एउटा शब्द छ– ‘अनन्त’ । यसलाई चिन्न सकेनन् । ती त त्यतिखेर पनि थिए जतिखेर यो धर्ती नै थिएन, मानिस नै थिएन । आज यी सबै कुरा छन् तर भोलि जब केही पनि हुनेछैन त्यस बखत पनि उनी रहनेछन् । तर, तिनलाई कसैले पनि चिन्ने कोशिश नै गर्दैन ।संसारमा जुन अवस्था उत्पन्न भइरहेको छ– मानिस एक–अर्कालाई सिध्याउन उद्यत् रहेका छन् । के मानिस हुनुको अर्थ यही हो ? जसको हृदयमा करुणा हुनुपर्नेमा के उसले यस्तो गर्न सुहाउँछ ? यदि मानिसले आफ्नो जीवनमा करुणालाई, त्यो दयालाई बुझेन, चिनेन भने त उसको जीवनको अर्थ नै के रहन्छ ! जबसम्म ती अनन्तलाई चिन्दैनौँ जो ‘थिए, छन् र रहनेछन्’ ।

उनैले सबै चीजको निर्माण गरेका छन् । उनी सबैमा विराजमान छन् तबसम्म वास्तविक आनन्द प्राप्त गर्न सकिँदैन ।मानिसहरूको जीवनमा दुःख हुन्छ तर दुःखबाटै सबै कामले पूर्णता पाउने होइन । हिम्मतलाई पनि अघि सार्नुपर्ने हुन्छ । किनभने, कसैको जीवनमा समस्या आयो भने उसलाई अभैm समस्या बढाउने खालका मानिस भए भने त्यसको के अर्थ ? उसलाई त यस्तो मानिस चाहिन्छ, जो स्वयम् दुःखी नहोओस् । उसले त अभैm हिम्मत प्रदान गर्न सकोस् । उसलाई मद्दत गर्न सकोस् । वस्तुतः जो सहयोग गर्न सक्छ, त्यो मानिसमात्रै काम लाग्न सक्छ ।

जब मानिसका सामु समस्याले सताउन थाल्छ तब मानिस आत्तिन थाल्छ । अब के हुन्छ ! तर, तपाईँले आफ्नो जीवनमा जब ती सृष्टिकर्तालाई, ती अनन्तलाई चिन्नुहुन्छ तब तपाईँका लागि सबैथोक हुन्छ । किनकि, उनी त तपाईँभित्रै भएका कारणले तपाईँ जीवित हुनुहुन्छ । अनि, जुन दिन उनी तपाईँभित्र रहँदैनन् तब तपाईँ पनि रहनुहुन्न । यसर्थ सबैभन्दा पहिला त उनैसँग नाता गाँस्नुहोस् ।आज मानिसको जीवन अनेकौँ द्विविधा र दौडधूपले भरिएको छ । संसारको अवस्था पनि अशान्तिले गर्दा यति उथलपुथल भएको छ कि ‘यस संसारमा कहिल्यै शान्ति पनि हुन्छ’ भन्ने कुरामा मानिसहरूलाई विश्वास लाग्दैन । यस कुरालाई हामी कल्पना पनि गर्न सक्दैनौँ । कहिल्यै यो संसारमा यस्तो पनि हुन सक्ला र जहाँ केवल शान्तिमय परिवेश बनोस् ? अर्थात्, कुनै लडाइँ, झगडा या त कुनै वादविवाद नहोओस् ।

यदि हेर्ने हो भने आजसम्म यो संसारमा त्यति धेरै लडाइँ भएको छैन । शान्तिको वातावरण बनोस् भनेर मानिसहरूले सदैव यही नै कोशिश गरेको देखिन्छ । मानिस खेतीपातीमा लाग्न थालेपछि कसैले हलो चलायो, कसैले पानी डो¥यायो, कसैले बिउ छ¥यो । अन्न पाकेर तयार भएपछि परिश्रम गर्न नचाहनेहरूले त्यो अन्नलाई काटेर लगे पनि । तबबाट मानिसहरूले यी सबै कुरालाई व्यवस्थित तुल्याउने अभ्यास गरे । त्यस बेलादेखि राजा बने, तबदेखि लडाइँ हुन थाल्यो ! तथापि, एकपटक खेती हुन थालेपछि मानिसहरूको जीवनमा यस्तो हुन थाल्यो– ‘यो मेरो जमिन हो ।’ उक्त अवस्थाभन्दा पहिला कसैलाई जमिनसँग कुनै मतलब थिएन ।

शान्ति र अशान्ति के हो भन्ने बारेमा त हामी सबैलाई राम्रोसँग थाहा छ तर यस कुरासँग हाम्रो जीवनको के महत्त्व रहन्छ । यो संसारमा समस्या धेरै छैनन्, समस्या थोरै छन् । मानिस भोकले मर्छन् । यो समस्या यसकारण सानो हो, किनभने यो पृथ्वीमा यति धेरै खाना उत्पादन हुन्छ जसले सबैको भोक मेट्न सक्छ । यदि अन्न उत्पादनका लागि पृथ्वी सानो हुँदो हो त तब यो एकदमै ठूलो समस्या हुन सक्थ्यो । तथापि, यो पृथ्वी हुनु यस चीजका लागि अनिवार्य विषय हो । यहाँ यति धेरै अन्नको उत्पादन हुन्छ तर त्यो खाद्यान्न धान, गहुँलगायतका चीजको मूल्य नियन्त्रण गर्नका लागि फ्याँकिन्छ अनि भोकमरीको समस्या बनिरहन्छ ।

यो धन–सम्पत्ति, पैसा यी सबै कुरा मानिसले बनाएका हुन् । प्रकृतिले सुन बनायो अनि मानिसले त्यसको मूल्य निर्धारण गरिदियो । मानिसले मूल्य तोकेपछि त्यसले मानिसलाई नै पिरोल्न थाल्यो अनि ‘ऊसँग यति धेरै किन छ ? मसँग त्यति किन छैन !’ यी सबै कुरा मानिसले नै बनाएका हुन् । अनि मानिसले यी कुरालाई झेल्दै आइरहेको छ । यिनै चीजका कारण दुःखी हुन्छ । आफ्नो भविष्यलाई धिकार्छ– ‘मलाई किन यस्तो भइरहेको छ ? म किन धनी हुन सकिन ? ऊ किन धनी भयो ? म किन गरिब भएँ !’ यी कुरा त भइरहन्छन् । तथापि, यथार्थ कुरा के हो भने शान्ति हामी सबैभित्र छ । शान्ति कुनै बाहिर पाइने वस्तु होइन । त्यो हामीभित्र छ । मानिसले त्यो शान्तिलाई अनुभव गर्न थालेपछि उसले यो कुरा बुझ्न थाल्छ– ‘यो मेरो प्रकृति हो । म यो हुँ ।’ परिणामतः सबै कुरा बदलिन थाल्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)