एकैदिन ७१० जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु



काठमाडौं । देशभर थप ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा गरी जम्मा ७१० जनामा सङ्क्रमण भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २३६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्