स्रोत नखुलेको ५ लाख बढी रकमरसहित भारतीय नागरिक पक्राउ


पर्सा।

वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपियाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।