रौतहटमा दाइको नाममा बीबीएसको परीक्षा दिने भाइ पक्राउ


रौतहट ।

चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।