जङ्गली च्याउ खाँदा ११ बिरामी



काठमाडौं । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।

उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उहाँहरूले यहाँ के काम गर्नुहुन्थ्यो भन्नेबारे एकिन थाहा नभएको डा फोजुले बताउनुभयो ।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्