टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु



झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका-५ बस्ने ३१ वर्षीय सुजन वाइबाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्