पाँच राजदूतको शपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।

शपथ लिनुहुनेमा डा दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क)का लागि राजदूत रहनुभएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्