श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता



मुगु । मुगुका एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका –८ माङ्ग्रीका २७ वर्षीया सोनाम तामाङ रहेका छन् ।

सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए ।

त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार सोनामले रु।४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन् । यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए ।

पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्