विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान

0
Shares

काठमाडौं ।

नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते) सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ।

नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो। नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी तेक्वान्दो आइटीएफ नेपालकी प्रशिक्षक सस्मिनी बस्नेत आज नेदरल्याण्ड प्रस्थान गर्नुभएको हो। टर्किस इअरबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

प्रशिक्षक सस्मिनी बस्नेतले यसअघि नेपालमा आयोजना भएका विभिन्न प्रतियोगिताका साथै सन् २०१९ मा दक्षिण कोरियामा आयोजना भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत अम्पाएर गरीसक्नुभएको छ।

सस्मिनीलाई तेक्वान्दो आईटीएफ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय सिनियर प्रशिक्षक लक्ष्मण बस्नेत, सचिव उद्वब कार्की, कोषाध्यक्ष गयाजी खड्का तथा टर्किस एअरका कन्ट्री मेनेजर मिस्टर अदुल्लाह लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो।