करेन्ट लागेर दुई जनाको मृत्यु



काठमाडौं ।

काठमाडौं र नुवाकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएका ४० वर्षीय तुल बहादुर तामाङ रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातोमाटेस्थित श्री हिरा टेक्सटाईल कपडा फ्याक्ट्रीमा ट्रर्स पाईप वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भएका २३ वर्षीय राज तामाङ छन् । उनको मंगलबार मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्