बोर्ड बैठक ३ बजे बस्दै , एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने

0
Shares

काठमाडौं ।

  राष्ट्रिय परीक्षा  बोर्डकाे बैठक आज बस्दै छ । बैठक दिउँँसो ३ बजे बस्ने लागेको हो । बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।

परीक्षाबोर्डका अनुसार प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।  स्थानीय चनुवका कारण १० दिन काम रोकिएकाले नतिजा सार्वजनिकमा ढिलाइ भएको अधिकारीहरूले बताएका छन् ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।