जनार्दन शर्मामाथि छानबिन : समितिले हेर्न थाल्यो सीसीटीभी हार्डडिस्कको रिपोर्ट

0
Shares

काठमाडौं ।

पूर्वअर्थमन्त्री जानर्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा सुरू भएको छ । भर्खरै सुरू भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन थालिएको छ । भर्खरै हेरेर छलफल भइरहेको भन्दै उनले रिपोर्टबारे थप खुलाउन चाहेनन् । सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्ने खुलिसकेको छैन ।