एथ्लेटिक्स परिवार नेपालको नयाँ कार्य समिति

0
Shares

काठमाडौं । 

एथ्लेटिक्स परिवार नेपालको सोमबार सम्पन्न पहिलो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौँमा सम्पन्न उक्त साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, दीपक कुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशा राम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी उपाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध भईन् भने सुन्दर केशर कार्की सचिवमा निर्विरोध चयन भए । त्यसैगरी सरस्वती खड्का, अभिनारायण अधिकारी, संसार लाल वैद्य,रामकृष्ण महर्जन , देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठ, महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनीत भईन् । त्यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी सदस्यमा मनोनीत भएका छन् ।

त्यसैगरी यासीर माया चौधरी र सुनिता कुमारी योञ्जन लामा पनि सदस्यमा मनोनीत भएका छन् । उक्त पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्ग बहादुर रानाभाट, धर्मेन्द्र राज शाक्य र शान्ती गुरुङ्ग मनोनयन गरेको छ भने सुशिल नरसिह राणा, सुनिल राजबंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुव बिक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ ।

त्यसैगरी कानुनी सल्लाहकारमा बाबु कृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथ्लेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुडग रहनु भएको छ । साधारण सभाको उद्धघाटन राष्ट्रीय खेलकुद परिषदका कार्यकारी सदस्य नन्दा बस्यालले गर्नु भएको थियो भने किर्तिमानी धावक बैकुन्ठ मानन्धर, जित बहादुर के सी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।