मेयरको सम्पत्ति १५ तोला सुन

0
Shares

हेटौंडा । 

गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गर्नुभएको छ । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहनुभएकी लामाले सार्वजनिक गर्नुभएको सम्पती विवरणमा १५ तोला सुन, २० तोला चा“दी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ ।

नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार रुपियाँ कृषि विकास बैकमा रहेको जनाउनुभएको छ । सार्वजनिक सम्पती विवरणमा अन्य कुनै कारोबारमा आफू संलग्न नभएको जनाएकी गराइएको छ ।

उहाँले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१, चाइनाक्वार्टरमा ११ धुर र ११ रोपनी जमिन, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर जमिन रहेको उल्लेख छ ।

पति सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण छ भने ४० लाख बराबरको ट्यांकर, छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको उल्लेख छ ।