इन्जा ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार दीपा कर्ण र मेलम्ची रेडियोलाई


काठमाडौँ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ।

इन्जा निर्णायक मण्डलले पचास –पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने सोमबार  निर्णय गरेको  इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी दिनुभएको छ।

पत्रकार दीपा कर्णले एक दशक अगाडि देखि सप्तरीको स्थानीय रेडियो हुदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको विकास , संरक्षण र प्रबद्र्धन एवं मधेशका समाचार प्रबाहमा उल्लेख्य योगदान पु¥याउदै आएको र ग्रामीण जीवन त्यसमा पनि तराइमा लैगिक समानताका लागि पत्रकारिता मार्फत आफनो क्रियाशीलता बढाउदै जानुभएको मूल्यांकन गर्दै उक्त पुरस्कार दिने निर्णय गरेको इन्जाद्वारा जारी प्रेस विज्ञप्ति उल्लेख छ।

यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२मेघाहर्जलाई उक्त पुरस्कार दिने निर्णय इन्जाले गरेको छ।

त्यसैगरी एक लाख राशीको सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने र पचास–पचास हजार राशी सहितको इन्जा वौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालय आमसंचार तथा पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको इन्जाले जनाएको छ।

 

 विज्ञप्ति:

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)ले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पचास –पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी गराउनुभएको छ । एक दशक अगाडि देखि सप्तरीको स्थानीय रेडियो हुदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास , संरक्षण र प्रबद्र्धन एवं मधेशका समाचार प्रबाहमा उल्लेख्य योगदान पु¥याउदै आउनुभएकी युवा पत्रकार दीपा कर्णले ग्रामीण जीवन त्यसमा पनि तराइमा लैगिक समानताका लागि पत्रकारिता मार्फत आफनो क्रियाशीलता बढाउदै जानुभएको छ ।

त्यसैगरी ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२मेघाहर्जले आफनो प्रसारण मार्फत त्यहांका स्थानीय नागरिकलाई सुसुचित गर्ने र उनीहरुका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । ०७२ सालको बिनाशकारी भूकम्प र गत बर्ष इन्द्रावती र मेलम्ची खोलामा आएको विनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपुर्ण कागजातहरुमा क्षति पु¥याए पनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि परेको थ्उिन । यसले गर्दा सामुदायिक रेडियो प्रतिको जन बिश्वास अझ मजबुत बनाएको छ ।

त्यसैगरी एक लाख राशीको सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने र पचास–पचास हजार राशी सहितको इन्जा वौद्धिक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिभुवन बिश्वविद्यालय आमसंचार तथा पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने गरी निर्णायक मण्डलले यस अघि नै घोषणा गरिसकेको छ ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाको पांचौ बार्षिकोत्सब एवं इन्जा डे को अबसरमा यही साउन १४ गते संचार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिने बिशेष कार्यक्रममा पुरस्कार बितरणसंगै बरिष्ठ पत्रकार हरि लम्साल, अग्रज पत्रकार गोपाल शर्मा र संचारिका समुहकी निवर्तमान अध्यक्ष्ँ नीतु पण्डितलाई सम्मान गरिने भएको छ ।

  टंक पन्त

केन्द्रिय उपाध्यक्ष एवं एशिया च्याप्टर अध्यक्ष