जग्गाको वर्गीकरण सम्बन्धमा महालक्ष्मी नगरप्रमुख समक्ष ज्ञापनपत्र प्रदान


ललितपुर।

महालक्ष्मी नगर कमिटि नेकपा (एकृकित समाजवादी) द्धारा महालक्ष्मी नगरप्रमुख समक्ष ज्ञापनपत्र प्रदान गरेको छ ।
सो नगर कमिटिका अध्यक्ष नकुल थापाले आज प्रमुख हरिगोविन्द श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रका जग्गाको वर्गिकरण सम्बन्धमा उक्त ज्ञापनपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा श्रेष्ठले छिट्टै सो समस्या समाधान गर्न लागि पर्ने भनाइ राख्नुभयो ।

यसैगरी अध्यक्ष थापाले आफूहरुले पनि सकारात्मक जवाफको अपेच्छा गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

उक्त ज्ञापनपत्रमा सो नगरपालिकाका सबै जग्गाहरु कित्ताकाटबाट रोकिएको र जनताले आफ्नो जग्गा टुक्राएर बिक्रिबितरण गर्न तथा पारिवारिक अंशबण्डा एवं दानवकस आदि गर्नबाट बञ्चीत हुनुपरेकाले आफ्ना घर व्यवहार चलाउनका साथै उद्योग व्यवसायको लागि पुँजी व्यवस्था गर्न नसकेको उल्लेख गरिएको छ ।

त्यसैगरी नगरपालिका भित्रका सबै जग्गाहरुलाई ऐन तथा नियमावली बमोजिम पूर्ण रुपमा वर्गिकरण नगरिएसम्मका लागि भू–उपभोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम ‘गैह् कृषि क्षेत्र’ वा आवाशीय क्षेत्र कायम गरी सोको जानकारी सबै वडा कार्यालयहरुलाई गराएर कित्ताकाटको लागि वडा कार्यालयहरुबाट भू उपयोग परिषदको निर्णय सहितको सिफारिस हुने व्यवस्था मिलाई जनतालाई कित्ताकाट सम्बन्धी समस्याबाट उन्मुक्ति प्रदान गर्न सो पत्रमार्फत माग गरिएको छ ।