पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन : प्रहरीले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट

0
Shares

काठमाडौं ।

नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

समितिलाई उक्त रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले पुष्टि गरेका छन् । पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो। यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भनेका थिए।