गाईजात्राको अवसरमा ललितपुरमा ख्यालि नखः

0
Shares

ललितपुर ।

गाईजात्रा र त्यसको आसपासमा काठमाडौं उपत्यकामा हास्यव्यंग्यको प्रस्तुती अहिले हराउँदै गएको छ।त्यसलाई सम्झाउने गरी झीगु सः तथा सुकुन्दा फिल्मस्ले संयुक्त रुपमा ‘ ख्यालि नखः’ (हास्यव्यंग्य पर्व) मनाउने भएको छ ।

नेपाल र नेपाली भाषाका गीतसंगीत क्षेत्रमा लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा भदौं ४ गते शनिवार ज्यापू प्रज्ञाभवनमा सो पर्व मनाउने लागिएको हो।

झीगु सःका संरक्षण एवं वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले सो कार्यक्रमबाट उठेको रकम गायक तथा संगीतकार सुमन कपालीलाई उपचारको लागि सहयोगमा खर्चिने बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले काठमाडौं उपत्यका तथा नेवार बस्तीहरुमा नेपाल संवत अनुसार दसौं महिला गुंलाको पारुदेखि एक सातासम्म विभिन्न हास्य र ब्यङको तथा टोलटोलमा मञ्च बनाइ ख्यालः प्रदर्शन गर्ने परम्परा हाल लोप प्रायः हुँदै गइरहेको उल्लेख गर्दै यस कार्यक्रमले त्यसलाई सम्झाउने धारणा राख्नुभयो ।