चौंरी पालनमा आर्कषण बढ्दो

0
Shares

मुगु ।

मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैंरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन फस्टाउँदै गएको हो ।

मुगमकामारोङ्ग गाउँपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौंरी पालन व्यवसाय सञ्चालमा सहयाेग गरिरहेकाे छ ।

चौंरी पालनबाट स्थानीयको आयआर्जन मात्रै बढेकाे छैन, दूध, ऊन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयाेग पुगेकाे छ । चौंरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएकाे हाे ।

अहिले यस फर्ममा ४३ वटा चौरी छन् । चौरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नाै महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ । बेँसीमा भने चौंरीलाई औंल लाग्‍ने उनले बताए ।

लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।