गायिका दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ जेल चलान



काठमाडौं।

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएपछि श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ ।

गत असार ११ गते बिहान दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो।

श्रेष्ठले दिएको बयानका अनुसार त्यो राति श्रेष्ठ सुनारको कोठामा गएको र बिहान उठ्दा गायिका झ्यालको भेन्टिलेसनमा पासो लगाएर झुन्डिएको देखेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्