पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न


कास्की ।

गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगारयुवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीकक्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न भएको हो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रवारदेखि आइतवार चलेको मेलाको प्रदेश प्रमुख पृथ्वीमानगुरुङले उद्घाटन गर्नु भएको थियो । शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार र स्वीससरकारको सहयोग एवं नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोग रसिटिईभीटी गण्डकी प्रदेश कार्यालय, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, उधोगीव्यवसायी र रोजगार दाताहरूको छाता संगठनहरूसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएकोथियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारित सिकाइबारे जानकारी प्रदान गर्नमेलाको आयोजना गरिएको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनुभयो । उहाँले मेलाले सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्नेवातावरण मिलेको जानकारी दिनुभयो । मेलाको तयारी स्वरुप मन्त्रालयले यसअघि विभिन्न निकाय, स्थानीयतह र रोजगारदातासँग अन्तक्रिया समेत गरेको थियो ।

गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै रोजगारी दिने नीतिअनुरुप सो मेला गरिएको हो। प्रदेशभरकाउद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरीमेला आयोजना गरिएको थियो । मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकार, वृत्ति परामर्शसम्बन्धी सेवा प्रदान, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी तथा रोजगारीका लागि सहजीकरण गर्ने, नेपाल व्यावसायिकयोग्यता प्रणालीबारे जानकारी दिने, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीसम्बन्धी जानकारी दिने उद्देश्य राखिएको छ ।

१ हजारभन्दा बढी बेरोजगार युवालाई रोजगारीमा जोड्नका लागि सहजिकरण गर्ने अपेच्छा गरिएको थियो ।मेलाको ११ हजार बढ़ीले मेला अवलोकन गरेको मन्त्रालयका उपसचिव तोयनाथ लम्सालले बताउनु भयो ।लम्सालका अनुसार मन्त्रालयले तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली मोबाइल एप निर्माण गरेकोछ । सो एपमा सीपमूलक तालिम लिन चाहने, रोजगारको खोजीमा रहेका व्यक्तिहरु, रोजगारदाता र सीपपरीक्षण गर्न चाहनेहरुबारे जानकारी दिईएको थियो ।

मेलामा विभिन्न उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुले विभिन्न प्रकारका जनशक्ति आवश्यक रहेको भन्दैजनशक्ति उपलब्ध गराउन माग गर्दै आवेदन दिएका छन् । त्यस्ता विभिन्न उद्योग तथा कम्पनीहरुले कम्प्यूटर अपरेटर, ग्राफिक डिजाईनर, एडभान्स तहको सिलाई वुनाई, जुत्ता चप्पल बनाउने, लेखापाल, वेटर, कार्पेटिङ्गका विभिन्न विधा, हाउस किपिङलगायतका विभिन्नकिसिमका जनशक्ति अभाव रहेको भन्दै जनशक्ति उपलब्ध गराइदिन आवेदन दिएको प्राविधिक शिक्षा तथाव्यावसायिक तालिम केन्द्र (सिटीईभिटी) गण्डकी प्रदेशका प्रमुख प्रमोद भक्त आचार्यले जानकारी दिनुभयो ।

साच्चै नै यस मेलाले रोजागरीको खोजीमा रहेका युवा र रोजगारदातालाई जोड्न सहयोग पुगेको, विद्यार्थी भाइवहिनीहरूलाइ बृति परामर्श उपलब्ध गराइएको, अनौपचारीक सीप सिकेको सीप परीक्षण तथा प्रमाणीकरणगर्ने विधि र प्रकृयाका वारेमा जानकारी उपलब्ध गराईएको आचार्यले बताउनुभयो ।