अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत

0
Shares

काठमाडौं ।

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ । आइतबार राति १ बजेतिर  पहिरोमा घर पुरिँदा अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा सविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।