निवर्तमानमन्त्री आलेद्वारा ४० हजार सहयोग



डोटी । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई जना विरामीहरुलाई ४० हजार रुपियाँ उपचारका लागि सहयोग गरेका छन् ।

जिल्लाको केआइसिंह गाउँपालिका–४ का विश्वनाथ जोशी र सायल गाउँपालिका–१ छपालीका वीरबहादुर थापालाई २०/२० हजार रुपियाँ उपचारका लागि सहयोग गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

दुवै विरामीको लामो समयदेखि वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । निवर्तमान मन्त्री आलेले आज (आइतबार) विरामीको उपचार भइरहेको उक्त अस्पतालमै पुगेर स्वाथ्य अवस्था बारे पनि जानकारी लिएका छन् ।

आलेले विगतदेखि यहाँका विरामी तथा उपचार खर्च नहुँदा समस्यामा परेका थुप्रै पीडितहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्