एकैदिन ३४७ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु



काठमाडौं ।

देशभर थप ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जना गरी जम्मा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ११४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्