वक्तृत्वकला मूगुठीको अध्यक्षमा विश्वन्तर



ललितपुर ।

बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयााँ कार्यसमिति चयन गरेको छ ।
शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो।

शाक्य युवावर्गलाई लक्ष्ँित गरी बुद्ध धर्मको विकास र विस्तारमा साढे तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। बुद्धवाणी साप्ताहिकका सम्पादक समेत रहनुभएका शाक्य बौद्ध युवा कमिटी ललितपुर र चिन्तनशील युवा समूहका संस्थापक हुनुहुन्छ ।

निर्वाचित भएपछि सभामा शाक्यले आफ्नो कार्यकालमा संस्थाको कार्यालय स्थापना, वर्षेनी वक्तृत्वकला सञ्चालनको लागि आर्थिक सुनिश्चित गर्दै अक्षयकोषको स्थापना गर्ने र सहभागीहरुको आकर्षणको लागि नगद पुरस्कार ५० हजार रुपैयाँ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘ यो समितिमाथि अरु बेला सुतिरहने र वर्षमा एकचोटी वक्तृत्वकला सञ्चालन गर्ने बेलामा जाग्ने गरेको आरोप छ। अब त्यसो हुन दिने छैनौं।यसका सरोकारवालाहरु समेटिएर वर्षमा कम्तीमा दुई वटा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने छौं।’ शाक्यले भन्नुभयो।वक्तृत्वकलालाई युवावर्गमा आकर्षक, लोकप्रिय, असरदार बनाउन सबैसंग समन्वय गरेर काम गर्ने पनि शाक्यको भनाई रहेको छ ।

त्यस्तै समितिमा निर्वतमान अध्यक्ष पूर्णराज शाक्य, उपाध्यक्षमा रविन्द्र शाक्य, महासचिवमा मदनरत्न तुलाधर, सचिवमा श्रमिक अवाले, कोषाध्यक्षमा गौतम शाक्य र सहकोषाध्यक्ष कर्ण शाक्य रहनुभएको छ।

त्यस्तै कार्यसमिति सदस्यहरु सञ्चित बुद्धाचार्य, सुनीता मानन्धर,दीपक शाक्य, प्रशान्तदेव शाक्य, गौतम शाक्य र अमोवीर बज्राचार्य हुनुहुन्छ ।

यस अघि सभाको उद्घाटन गर्दै वाग्मती प्रदेशका सांसद् ज्ञानेन्द्र शाक्यले वक्तृत्वकलाको माध्यमबाट युवावर्गमा बुद्ध शिक्षा प्रवाह गर्न २८ वर्षदेखि सञ्चालन हुँदै वक्तृत्वकलालाई निरन्तरता र स्रोतको दीगोपनाको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष पूर्णराज शँक्यको सभापतित्वमा भएको सो समामा बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्य, ललितपुर महानगरपालिका वडा नं ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, वडा नं १६ का वडाअध्यक्ष्ँ निर्मलरत्न शाक्य, लोटर्स रिसर्च सेन्टरका अध्यापक वीरराज शाक्य, स्कोप सहकारीका पूर्वअध्यक्ष किशोरभाई बज्राचार्य, विश्वशान्ति पुस्तकालका पूर्वअध्यक्ष बाबुराजा बज्राचार्य, मूगुठीका पूर्वअध्यक्ष शुक्रराज शाक्य, देवेन्द्र बज्राचार्य बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष सुनील महर्जन लगायतले बोल्नुभएको थियो ।

मूगुठी विसं २०५० सालदेखि हरेक वर्ष असार पूर्णिमाका अवसरमा पालैपालो सञ्चालन हुँदै आएको उपत्यकाव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिसकेको संस्थाहरुको प्रतिनिधिमूलक संगठन हो ।

 

प्रतिक्रिया दिनुहोस्