पुष्पलालको प्रेरणाले सबल भएको एमाले : अध्यक्ष ओली

0
Shares

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन् । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए ।

पुष्पलालले पु¥याउनु भएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गरे ।

कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उनले पुनः दोहो¥याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।” उनले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे ।

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उनले पु¥याएको योगदानको स्मरण गरेका थिए। सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गरेका थिए ।