नारायणगढ मुग्लिन सडक अवरुद्ध, यातायात ठप्प, यात्रुहरु अलपत्र



चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

नारायगढ मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा पनि अवरुद्ध भएको छ भने यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्