रसुवामा प्याथोलोजी ल्याब र आयुर्वेद फार्मेसी सेवा



धुन्चे, रसुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवाले प्याथोलोजी ल्याब सेवा तथा निःशुल्क रुपमा नपाइने आयुर्वेद औषधिहरुको सहज उपलब्धताको लागि सःशुल्क आयुर्वेद फार्मेसी सेवा सुरु गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दावा मिङमार तामांगको अध्यक्षता र जिल्ला समन्वय समितिको अध्यक्ष अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा बिहिबार सो सेवाको समुद्घाटन भयो ।

अब हिमाली जिल्ला रसुवाका जनताले आयुर्वेदको सेवा सहित प्याथोलोजी ल्याब र सशुल्क आयुर्वेद फामेर्सी एकै ठाँउबाट प्राप्तहुने भएपछि रगत, पिसाब र दिसा जाँच गर्न काठमाडौ, नुवाकोट जानुपर्ने बाध्यता हट्ने विश्वास सो कार्यालयका वरिष्ठ कविराज निरीक्षक तारणी प्रसाद चौधरीले बताउनुुभयो ।

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नो भवन एवं जग्गा समेत नरहेकोमा गोसाईकुुण्ड गाउँपालिका वडा नं. ६ का अध्यक्ष दावा सिदार वाइवाले यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको लागि जिल्लामा खाली रहेको सरकारी भवन उपलब्ध गराउने आवश्यक पहल गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख डा. अमूल्य दाहालल यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ंहाल दिईरहेका सेवाहरुको बारेमा जानकारी गराउदै यदि राजनितिक एवं प्रशासनिक नेतृत्वको साथ र सहयोग प्राप्त भए जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवालाई छिट्टै शैय्यायुक्त आयुर्वेद अस्पतालमा स्तरोन्नति गर्न आफूले पहल गर्ने कुरा बताउनुुभयो

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरेले समृद्ध नेपाल, सुखी नेपाली नारा सार्थक पार्न यस्ताखाले कार्यले सहयोग गर्ने बताउँदै आफूले यस स्वास्थ्य केन्द्रलाई आफ्नो कार्यकालमा देशकै नमुना आयुर्वेद अस्पताल बनाउने र त्यसको लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्