प्रतिनिधिसभामा नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयो


काठमाडौं ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएको हो ।

शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता ९पहिलो स‌ंशोधन० विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।