सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौँ।

छिमेकी देश भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमण बढ्न थालेको छ । बढ्दो सङ्क्रमणको अवास्थालाई मध्य नजर गरी सरकारले सङ्क्रमणको नियन्त्रण तथा जोखिमलाई कम गर्न अनिवार्य मक्स प्रयोग गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो ।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।

मन्त्रालयले खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्