स्वास्थ्य राज्यमन्त्रीसँग तीनबुँदे माग

0
Shares

काठमाडौं ।

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसनका प्रतिनिधिहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार भेटी तीनबुँदे माग पत्र पेस गरेका छन् ।

एसोसियसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटी मागपत्र पेस गर्नुभएको हो । संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चा पदार्थहरूको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ । डेन्टलमा प्रयोग हुने औषधिजन्य वस्तुहरूको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।