पूर्वराजा ज्ञानेन्द्र परिवार आज फर्कंदै


काठमाडौं । 

करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज शुक्रबार नेपाल फर्कनुहुने भएको छ । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए ।

असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लाग्नुभएको हो । परिवारका तीन सदस्य र निजी सचिव डा. सागर तिमल्सिना नेपाल फर्कने निर्मल निवास स्रोतले जनाएको छ । अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसक्नुभएको छ ।

दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लाग्नुभएको हो । दुई छोरीको रेखदेख गर्न पूर्वयुवराज्ञी हिमानी थाइल्यान्डमै बसिरहनुभएको थियो ।