कठमाडौं । अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।
आज .(बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाले निर्देशन दिएका हुन् ।
उनले भने–‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौता बारेमा मेरो ध्यानाकर्षण भएको छ ।
सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
प्रतिक्रिया