टाटा विङ्गर बीएस–६ नेपाली बजारमा

0
Shares

काठमाडौं ।

टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ टाटा विङ्गर बीएस–६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रिमियम टफ ढाँचामा तयार परिएको उक्त गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थालाई उपयुक्त हुने कम्पनीले दाबी गरेको छ ।

२ दशमलव २ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस–६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसै गरी इको स्विच एवं गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोक च्यासिसजस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीले जनाएको छ ।

‘टाटाका विविध एवं बलिया कमर्सिएल रेन्जका गाडीलाई नेपाली ग्राहकले लामो समयदेखि उत्साहका साथ रोजिरहनुभएको छ । कमभन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरूका लागि अत्यन्त उपयोगी रहेको पनि कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ्गले दशकौंदेखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडी बिक्री वितरण र सम्बन्धित सेवाहरू प्रदान गरिरहेको छ ।

टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिटअन्तर्गतको इन्टरनेसनल बिजनेस एन्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेहेता बताउनुहुन्छ । त्यसै गरी सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भन्नुहुन्छ–नेपालकै एक प्रतिष्ठित ब्रान्डको रूपमा हामीले सदैव आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरू प्रदान गरिरहेका छौं ।