भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ



लमजुङ । लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो ।

बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्