युरेनियमसहित १५ जना भरिया पक्राउ, मालिक फरार



विराटनगर । दुई किलो युरेनियमको धुलोसहित १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु भरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

कोइरालाका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर–९ बाट ८ जना पक्राउ परेका थिए । साउन ३ गते विराटनगर महानगरपालिका–३ को दूधफारमबाट ९७८.६ ग्रामसहित सातजना पक्राउ परेका छन् ।

मोरङ धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा सोही पालिका-४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्षीय किरन राई साउन १ गते प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्र्तै साउन ३ गते गोरखाको गण्डकी गाउँपालिका–८ का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका–६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका-३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका–५ का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्ततरीको मनराषीशवा नगरपालिका-३ का ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका–५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्