त्रिविद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन



काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्पूर्ण निकायमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

त्रिविको कोभिड रेष्पोन्स समितिले आज (बुधबार) सूचना जारी गर्दै कोभिड-१९ बाट संक्रमित हुने संख्या बढ्दो दरमा देखिएकोले सम्पूर्ण निकायमा सरकारले तोकेको मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरिएको छ ।

पछिल्लो चार दिनयता कोभिड संक्रमणबाट दैनिक ३ सय बढी संक्रमित थपिन थालेका छन् । बुधबार ३ सय ९१ जनामा संक्रण पुष्टि भएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्