ओलीलाई आफ्नै कार्यकर्ताको ताली प्यारो, विस्तारै बजाए झटारो, जोडले बजाए मैझारो !



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ताली निकै प्यरो लाग्छ । उनी आफ्ना कार्यकर्ताहरुको गड्गडाहट ताली र चिच्याहट नाराबाजी नभए हाइपरमा आएर भाषण गर्न रुचाउँदैनन् । यो उनको पुरानै लत हो ।

उनका कार्यकर्ताले गड्गडाहट ताली नठोके र चिच्याएर नाराबाजी नलगाए उनी मलिन मुन्द्रामा देखिन्छन् । तर, कार्यकर्ताले ताली र नाराबाजी गरे ओली हौसिँदै हाइपरमा आउँछन् र उनीहरुको रगत नै उमालिदिन्छन् । त्यसपछि ओली भाषणमा गर्न हौसिन्छन् ।

ठीक त्यसरी नै उनले आज (बुधबार) काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाषण गर्दैगर्दा कार्यकर्ताले धिमा गतिमा ताली र मन्द आवाजमा नाराबाजी गरेपछि मलिन मुन्द्रामा कार्यकर्तालाई नै झटारो हान्दै भने, ‘ताली थोरैले बजाउनुभयो । टेबुल ठोक्दै नेकपा (एमाले) एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । त्यसैले ताली सबैले जोडले बजाउनुस् ।’

त्यसपछि कार्यकर्ताले जोडले ताली बजाए र अघिल्लो पटकभन्दा अली ताली बज्यो । तर ओलीलाई यत्तिको तालीले नपुगेझै लाग्यो । र, उनले प्रश्न गरे, ‘यसमा हामी सबै प्रतिवद्ध छौं नि होइन ?’ हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’

ओलीले भने, ‘अझै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ त्यसपछि भने जोडले ताली बज्यो । त्यसपछि प्रशिक्षण कार्यक्रम पनि मैझारो (समापन) भयो ।

प्रतिक्रिया दिनुहोस्