काठमाडौं ।
मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ ।
दुई छात्रामध्ये एक जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् । उनीहरुले हेटौंडा क्याम्पसमा तोडफोड समेत गरेका छन् ।
प्रतिक्रिया