पहिरोका कारण डुम्रे बेशिसहर सडकखण्ड अवरुद्ध



लम्जुङ ।

डुम्रे बेशिसहर सडकखण्ड अन्र्तगत लमजुङको बेशिसहर नगरपालिका–१ उदीपुरमा पहिरो झरेका कारण आज बिहानैबाट उक्त सडकखण्ड अबरुद्ध भएको छ ।

सडक अबरुद्ध हुदा पोखरा मनाङ चल्ने सवारी साधन प्रभावित भएका छन् । अबरुद्ध सडक खुलाउने तर्फ पहल भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

काठमाण्डौ उपत्यका लगायत देशको अधिकांश स्थान पानी परिरहेकाले संयमित भएर गति सिमित गर्दै सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्