अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा)को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्