इच्छाराज तामाङकी श्रीमती सिर्जना पक्राउ



काठमाडौं । सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारी संस्थाको घोटाला प्रकरणमा मुछिएका इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गरेको हो ।

सिर्जना सो संस्थाकी लेखा समिति सदस्य समेत रहेकोले प्रक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको संस्थामा आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी ठूलो संख्यामा बचतकर्ताहरूको रकम ठगी गरेका थिए ।

इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्